
एजेन्सी– एक समय बलिउडमा निकै जमेको रानी मुखर्जी र सेफ अली खानको जोडी ११ वर्षपछि पुनस् पर्दामा फर्किने भएको छ। सन् २००५ मा रिलिज भएको फिल्म बन्टी और बबलीु को सिक्वेल बन्टी और बबली २ मार्फत उनीहरु एकसाथ देखिने भएका हुन्।
बन्टी और बबलीु को सिक्वेल बन्ने चर्चा लामै समयदेखि थियो। यशराज फिल्म्सले बन्टी और बबली द्द बनाउने घोषणा गरेको थियो। बल्ल भने यो घोषणा यथार्थमा परिणत हुने भएको छ।
फिल्ममा सेफ र रानी सिनियर ठगको भूमिकामा देखिने छन्। बन्टी और बबलीमा सेफ अली खानले अभिषेक बच्चनलाई रिप्लेस गर्दैछन्। रानी र सेफ ११ वर्षपछि एकसाथ फिल्म खेल्न थालेका हुन्। यो जोडीले सन् २००८ मा थोड़ा प्यार थोड़ा मैजिकु मा अभिनय गरेको थियो।
बन्टी और बबली द्द को निर्देशन वरुण शर्माले गर्दैछन्। फिल्मलाई लिएर रानी मुखर्जी र सेफ अली खान दुवै निकै उत्साहित भएका छन्। यो फिल्मको लागि अभिषेक बच्चन पहिलो रोजाइमा थिए तर अभिषेकले फिल्म खेल्न अस्वीकार गरेपछि रानी र सेफको जोडीले मौका पाएको हो।
सेफ अली खानले फिल्ममा जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन्। उनले फिल्मको स्क्रिप्ट सानदार भएकोले तुरुन्तै आफू अभिनय गर्न तयार भएको बताएका छन्। यो फिल्म पूरै पारिवारिक हुने बताइएको छ। सेफले फेरि एक पटक यशराजसँग जोडिन पाउँदा आफू निकै खुसी भएको बताएका छन्।