स्पेनिस ला लिगाः बार्सिलाेनाको जित

काठमाण्डु टुडे २०७६ पुष ६ गते १०:३९ मा प्रकाशित

काठमाण्डु , ६ पुस —स्पेनिस ला लिगामा शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलाेनाले ४ —१ को फराकिलो अन्तरले जित हासिल गरेको छ ।

आफ्ना चार स्टार खेलाडीले गोल गरेपछि आलाभेजमाथि ४–१ को जित निकाल्दै शीर्ष स्थान सुरक्षित गरेको हो।
आलाभेजमाथि फराकिलो अन्तरको जित निकाल्ने क्रममा ग्रिजम्यानले १४औं मिनेटमा, भिडालले ४५औं मिनेटमा, मेसीले ६९औं मिनेटमा र स्वारेजले पेनाल्टीमार्फत ७५औं मिनेटमा गोल गरेका हुन् ।
आलाभेजका लागि एकमात्र गोल रिएरा पेरे पोन्सले ५६औं मिनेटमा गरे। जितपछि १८ खेलबाट ३९ अंक बनाएको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा कायम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us