ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबको पहिलो जित

काठमाण्डु टुडे २०७६ पुष ५ गते १४:२७ मा प्रकाशित

काठमाण्डु,५पुस–शहीद स्मारक ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबले पहिलो जित निकालेको छ ।आज भएको खेलमा जाउलाखेलले सरस्वती युथ क्लबलाई एक शून्यले हरायो ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा जाउलाखेलले सरस्वतीलाई पाखा लगायो । पहिलो खेलमा थ्रीस्टारलाई बराबरीमा रोकेको जाउलाखेलको जितमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाको एकमात्र गोल निर्णायक बन्यो ।

उनले खेलको १० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । जारी प्रतियोगितामा केही कमजोर मानिएको सरस्वतीले त्यसपछि खेलमा फर्कन निकै प्रयास गरे पनि उसको फ्रन्टलाइन सफल हुन सकेन । जारी प्रतियोगितामा सरस्वतीको यो लगातार दोस्रो हार हो ।
यसअघि सरस्वती क्लब एनआरटीसँग चार शून्यले पराजित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us