
एजेन्सी – बलिउडकी चर्चित नायिका दीपिका पादुकोणले फेरि हलिउड फिल्ममा काम गर्ने भएकी छिन् । उनले २०१७ सालमा फिल्म एक्सएक्सएक्स रिर्टन अफ द जेन्डर केज बाट हलिउडमा प्रबेश गरेकी थिइन् ।
भारतिय मिडियाका अनुसार अब उनी यसै फिल्मको सिक्केलमा अभिनय गर्ने बताइएको छ । धेरैजसो बलिउड फिल्ममा ब्यस्त भइरहने अभिनेत्री दीपिका अब भने फेरि हलिउड फिल्म खेल्ने तयारीमा छिन् ।
उनले हलिउड फिल्म एक्सएक्सएक्स रिर्टन अफ द जेन्डर केज को सिक्केलमा सुपरस्टार विन डिजेलसँग अभिनय गर्न सक्ने अनुमान लगनइएको छ ।
मिडियाका अनुसार हलिउड स्टार डिजेलले सामाजिक सन्जालमा जेन्डर केज ४ मा दीपिका दोहोरिने संकेत गरेको भारतिय मिडियाले जनाएको छ ।
डिजेलले एक फोटो शेयर गर्दै दीपिका पादुकोणको नाम पनि लेखेका छन् ।