फिल्म गोलमाल ५ बन्दै, अजय देवगन फेरि देखिने

काठमाण्डु टुडे २०७६ पुष १ गते १७:२७ मा प्रकाशित

एजेन्सी – बलिउडमा अहिले अभिनेता अजय देवगनको १००औं फिल्म ‘तानाजी – द अनसङ’ को निकै चर्चा छ । सन् २०२० को जनवरी २० मा रिलिज हुने तयारीमा रहेको यस फिल्मले बक्सअफिरमा राम्रै कमाइ गर्ने अपेक्षा गरिएको छ । यसैक्रममा अभिनेता अजय देवगनको एक नयाँ खबर बाहिरिएको छ ।

अब फिल्म गोलमालको पाँचौ भाग बन्ने भएको छ । फिल्म गोलमालको पहिलो भागदेखी नै रहेका अजय पाँचौ भागमा पनि दोहोरिने भएका छन् ।

एकपटक फेरी अब फिल्म गोलमालको पाँचौ भागमा अजय देवगन र रोहित सेट्टीलाई देख्न पाइने भएको छ । यस फिल्मको स्किृप्ट पनि फाइनल भइसकेको छ ।

पाचौ भाग सम्म बन्न लागेको बलिउडकै पहिलो सिरिज हो । भारतिय मिडियाका अनुसार यस फिल्म आगामी वर्षदेखि फ्लोरमा जाने बताइएको छ ।

यस फिल्ममा अजयसँगै अरशद वारसी, तुषार कपूर, श्रेयस तलपदे, मुकेश तिवारी लगायतका कलाकारको अभिनय रहनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us