बलिउड नायिका गिता सिद्धार्थको मृत्यु

काठमाण्डु टुडे २०७६ मंसिर ३० गते ११:३१ मा प्रकाशित

एजेन्सी -बलिउड फिल्मकी सन् १९७०–८० को दशकको चर्चित अनुहार गिता सिद्धार्थको गत शनिबार मुम्बईमा निधन भएको छ ।

सन् १९७२ मा फिल्मी यात्रा सुरुवात गर्ने गिता ‘गर्म हवा’, ‘परिचय’, ‘त्रिशुल’, ‘शोले’ जस्ता फिल्ममा देखिइसकेकी छिन् । उनले आफ्नो चार दशक लामो करियमा बलराज साहनी, जितेन्द्र, जया भादुडीजस्ता बलिउड हस्तीसँग काम गरेकी छिन् । नायिकाले आफ्नो बलिउड डेब्यू सन् १९७२ मा रिलिज भएको गुलजार निर्देशित परिचयबाट गरेकी थिइन् । यो फिल्ममा उनीबाहेक जितेन्द्र मुख्य भूमिकामा थिए । फिल्मको निर्माण वी के सोबतीले गरेका थिए । दिवंगत नायिकालाई सन् १९७३ मा रिलिज भएको एमएस सत्यूको फिल्म ‘गर्म हवा’ का लागि चिनिन्छ ।

नायिका एवं समाजसेवी रहेकी गिताले टेलिभिजन प्रस्तोता र डकुमेन्ट्री निर्माता सिद्धार्थ काकसँग विवाह गरेकी थिइन् । उनकी छोरी अन्तरा पनि डकुमेन्ट्री निर्माता हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us