यस कारण अजय देवगनको फिल्म ‘तानाजी’ कानुनी झमेलामा

काठमाण्डु टुडे २०७६ मंसिर २९ गते १५:२७ मा प्रकाशित

एजेन्सी – पछिल्लो समय ऐतिहासिक विषयमा बनेका कैंयौ बलिउड फिल्मलाई धर्म र जातिको नाममा खुलेको संगठनले चूनौती दिएका छन् । मराठा योद्धा तानाजी मालसुरेको जीवनीमा आधारित बलिउड अभिनेता अजय देवगनको फिल्म ‘तानाजी’ पनि यस्तै कानुनी झमेलामा परेको छ । फिल्ममा अजयले तानाजी र उनकी पत्नी काजोलले तानजीकी पत्नीको भूमिकामा अभिनय गरेका छन् ।

अखिल भारतीय क्षेत्रीय कोली राजपुत संघ नामक संगठनले तानाजीका पुर्खाबारे तथ्यहरु लुकाइएको भन्दै दिल्ली हाइकोर्टमा फिल्मका निर्देशक ओम राउतविरुद्ध उजुरी दिएका हुन् । यसको डिसेम्बर १३ मा सुनुवाइ हुने भएको छ ।

दीपिका पादुकोणको ‘छपाक’सँग एकै दिन जनवरी २० मा यो फिल्म रिलिज हुँदैछ । फिल्ममा सैफअलि खान खलनायकको रुपमा देखिदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us