मिस वल्र्डको उपाधि जमैकाकी टोनीले जित्दा नेपालकी अनुष्का भने…

काठमाण्डु टुडे २०७६ मंसिर २९ गते ११:०९ मा प्रकाशित

काठमाण्डु , २९ मंसिर – यस वर्षको मिस वर्ल्डको उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छन् । शनिबार राति भएको अन्तिम प्रतिष्पर्धामा टोनीले उपाधि जितेकी हुन् । प्रतियोगितामा विश्वका १११ देशका सुन्दरीले प्रतिष्पर्धा गरेका थिए ।
लण्डनमा आयोजना भएको प्रतिस्पर्धामा फस्ट रनर अप फ्रान्सकी ओफेलो मेजिनो भइन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले हात पारिन् । प्रतियोगितामा नेपालकी अनुष्का श्रेष्ठले ब्युटी विथ पर्पस विधामा अवार्ड जितिन् । मिस वर्ल्डको शीर्ष १२ मा परेकी अनुष्काले यसअघि मल्टिमिडिया अवार्ड पनि जितेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us