आलिया भट्ट बनिन् एसियाकै कामुक महिला

काठमाण्डु टुडे २०७६ मंसिर २७ गते १३:०४ मा प्रकाशित

एजेन्सी  -अघिल्लो वर्ष एसियाकी सबैभन्दा कामुक महिला बनेकी दीपिका पादुकोणलाई दोस्रो नम्बरमा राख्दै अभिनेत्री आलिया भट्ट यो वर्र्ष सबैभन्दा कामुक महिला बनेकी छन्। बेलायतको साप्ताहिक पत्रिका इस्टन आईले अनलाईन सर्वेक्षणबाट गरेको तथ्यांकले बलिउड अभिनेत्री आलिया सन् २०१९ को सबैभन्दा कामुक महिला घोषणा गरेको हो ।
तेस्रो नम्बरमा भने टिभी स्टार हिना खान छिन्। चौथो नम्बरमा माहिरा खान रहँदा पाँचौ नम्बरमा सुर्वी चावला रहेकी छन्। कट्रिना कैफ भने छैठौं नम्बरमा रहँदा सातौ नम्बरमा सिभांगी जोशी रहेकी छन्। त्यस्तै निया शर्मा र मेविश हायत क्रमशस् आठौं र नवौं नम्बरमा छन्। त्यस्तै प्रियंका चोपडा भने दशौं नम्बरमा परेकी छिन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us