बस कन्डक्टरबाट कसरी भए सुपरस्टार रजनीकान्त

काठमाण्डु टुडे २०७६ मंसिर २६ गते १२:१४ मा प्रकाशित

काठमाण्डु , २६ मंसिर -अनौठो अन्दाज र शानदार अभिनयबाट फिल्म जगतमा एउटा छुट्टै सफता पाउन सफल सुपरस्टार रजनीकान्त आफ्नो ६९ औं जन्म दिन मनाइरहेका छन्। उनको जन्म १२ डिसेम्बर १९५० मा बेंगलुरुमा भएको थियो।
रजनीकान्तका विषयमा कुरा गर्दा उनी सामान्य बस कन्डक्टर थिए। कन्डक्टर रहेका उनलाई कुनै बेला भारतीय सिनमाजगतको सुपस्टार बन्छु भन्ने कल्पानासम्म पनि थिएन। वास्तविकता के हो भने रजनीकान्त हिन्दी फिल्म इन्डष्ट्रीका यस्ता कलाकार हुन् जो ६० वर्षको उमेरपछि पनि हिरोको मुख्य भूमिका गरिरहेका छन्।
लामो समयदेखि स्टाइल किङको रुपमा आफ्नो पहिचान बनाएका यी अभिनेताको अभियनको आज पनि लाखौं फ्यान छन्। उनी आफ्नो खास अभियनबाट मानिसलाई आफूतर्फ आकर्षित गर्न माहिर छन्।
केही मानिस रजनीकान्तको सनग्लास फ्लिप गर्ने बानीलाई अनौठो ठान्छन्। किनभने उनी सनग्लासलाई कुइनोबाट फ्लिप गर्छन र लगाउनु भन्दा पहिला कयौं पटक रोल गर्छन्। रजनीकान्तको यो शैली अहिले युवाबीच लोकप्रिय छ। यहीकारण रजनीकान्तको फिल्ममा उनको अनौठो अन्दाज हुन्छ।
उनको शैलीले वर्षौंदेखि ट्रेन सेट गर्दै आएको छ। रजनीकान्त आफैंमा एउटा फेशन स्कुल हुन् भन्दा फरक नपर्ला। रजनीकान्त आफ्नो जादूमय अभियनले लाखौं दर्शकको मनमा बस्न सफल भएका छन्। उनका प्रत्येक फिल्म हेर्न दर्शकको ओइरो लाग्छ। किनभने रजनीकान्तको प्रत्येक भूमिकामा स्टाइल र जेश हेर्न पाइन्छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us