
एजेन्सी–बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेता हुन् अक्षय कुमार। यस वर्ष पनि उनको केसरी, मिसन मंगल र हाउसफुल ४ ले राम्रै पैसा कमाए।त्यसैले उनले पारिश्रमिकको दर पनि बढाउँदै लगेका छन्।
आगामी एक फिल्मका लागि अक्षयले एक सय करोड भारु पारिश्रमिक माग गरेका छन्।
यो फिल्मको नाम टुंगो लागिसकेको छैन। तर, यो फिल्म निर्माता वाशु भगनानीले बनाउँदै छन् र यो एक्सन फिल्म हुने छ।फिल्मको स्क्रिप्ट तयार भइसकेको छ र निर्देशकका रुपमा निखिल आडवाणीलाई छनोट गरिएको छ।
निर्माता भगनानी यो फिल्ममार्फत बलिउडमा दबदबा कायम गर्न चाहन्छन्। त्यसैले उनले अक्षयलाई सय करोड दिने सहमति पनि दिइसकेका छन्। यद्यपि सम्झौता भने भइसकेको छैन।