
एजेन्सी–रणबीर कपुर र आलिया भट्टका अभिभावक उनीहरुको विवाह सन २०२० मा हुने भएको छ ।
उनीहरुका विवाहका लागि दुवै परिवारका सदस्य राजी भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
उनीहरुको विवाहको सन्दर्भमा ऋषि कपुर र महेश भट्टविच कुराकानी भएको समाचार संस्थाले उल्लेख गरेको छ ।
भट्ट परिवारका सदस्यका अनुसार आलियाले विवाहका लागि विदेश नजाने योजना बनाएकी छिन् । आलियालाई काश्मिर निकै मन पर्छ भने उनले आफ्नो विवाह पनि काश्मिरमा मनाउनै योजना बनाएकी छिन् ।
मेघना गुलजारको फिल्म ‘राजी’को सुटिङको क्रममा आलिय सन २०१७ मा काश्मिर पुगेकी थिइन् । सोही समयदेखी आलिया काश्मिरको सौन्दर्यवाट मोहित बनेकी थिइन् । आलियाको योजनामा रणबीर पनि सहमत भैसकेका छन् ।