…यसाे गरेर गौरिकाले रचिन् फेरी अर्को इतिहास

काठमाण्डु टुडे २०७६ मंसिर २३ गते १८:०८ मा प्रकाशित

काठमाण्डु,२३मंसिर–१३औँ दक्षिण एसियाली खेलकुद ९साग० मा गौरिका सिंहले चौथो स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् ।

सातदोबाटोमा भएको १०० मिटर फ्रीस्टाइलमा गौरिकाले स्वर्ण जितिन् । उनले निर्धारित दुरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । उनले भारतीय शिवांगी शर्मालाई पराजित गरेकी हुन । शिवांगीले निर्धारित दुरी ५८ दशमलव १५ सेकेण्डमा पूरा गरिन् ।

गौरिकाले आइतबार मात्रै एउटै सागमा तीन स्वर्ण जित्ने कीर्तिमान बनाएकी थिइन् । सोमबार थप एक स्वर्ण जित्दै दीपक विष्टसँगको कीर्तिमान बराबरी गरेकी छिन् । विष्टले आठौदेखि एघारौ सागमा चार स्वर्ण जितेका थिए ।
योसँगै गौरिका ३५ वर्षे सागको इतिहासमा एउटै सागमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छिन् ।
१३औँ सागमा गौरिकाको यो चौथौ स्वर्ण हो । यसअघि उनले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्यास्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् ।

त्यस्तै गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाई १ सय मिटर फ्रीस्टाइल रिलेमा कांस्य हात पारेकी थिइन् ।
योसँगै १३औँ सागमा नेपालको स्वर्ण संख्या ४९ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us