फुटबल प्रशिक्षक हरि खड्काले दिए राजिनामा

काठमाण्डु टुडे २०७६ मंसिर २३ गते १६:३३ मा प्रकाशित

काठमाण्डु,२३मंसिर–नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् ।

साग महिला फुटबलको फाइनलमा नेपाल भारतसँग २–० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्।

पोखरामा भएको फाइनलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भएपछि प्रशिक्षक खड्काले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us