नेपालकाे स्वर्ण ४६ पुग्यो

काठमाण्डु टुडे २०७६ मंसिर २३ गते १६:२० मा प्रकाशित

काठमाण्डु,२३मंसिर–बक्सिङकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा भारतीय खेलाडीलाई पराजित गर्दै मिनुले स्वर्ण पदक जितेकी हुन् ।

उनले बान्ताम ५४ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । यो सँगै नेपालको स्वर्ण संख्या ४६ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us