बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

काठमाण्डु टुडे २०७६ मंसिर २२ गते १९:०७ मा प्रकाशित

काठमाण्डु,२२मंसिर–१३ औं साग फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालको जीतमा खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोलनै निर्णायक बन्यो ।
नेपाल र बंगलादेशले पाएका केही अवसर खेर फाल्दा थप गोल हुन सकेन र नेपाल विजयी भयो ।
अब नेपालले स्वर्ण पदकका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

शनिवार माल्दिभ्सलाई पराजित गर्दै भुटानले फाइनमा स्थान सुरक्षित गरेको थियो ।
नेपालले यसअघि दुई पटक साग फुटबलमा स्वर्ण जि

तेको थियो । सन १९९९ \ २०१६ मा स्वर्ण जितेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us