गौरिकाले रचिन् इतिहास, पौडीमा नेपाललाइ तेस्रो स्वर्ण

काठमाण्डु टुडे २०७६ मंसिर २२ गते १७:११ मा प्रकाशित

काठमाण्डु,२२मंसिर– तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा गौरिका सिंहले पौडीमा तेस्रो स्वर्ण जितेकी छन् ।
आइतबार उनले ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् ।
उनले ४ मिनेट २५.२८ सेकेण्डमा निर्धारित दुरी पार गरेकी हुन्। भारतीय खेलाडी सिभांगी शर्मा दोश्रो भइन्।

उनले निर्धरित दूरी ४ मिनेट २६.२२ सेकेण्डमा पूरा गरिन्। तेश्रो भएकी श्रीलङ्काकी नुलरा रामुडीले ४ मिनेट ४१.९१ सेकेण्डमा दुरी पार गरिन्।
यो सँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । यसअघि उनले दुई स्वर्ण जितिसकेकि छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us