साग महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण

काठमाण्डु टुडे २०७६ मंसिर २२ गते १५:४९ मा प्रकाशित

काठमाण्डु,२२मंसिर–१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको स्वर्ण बंगलादेशले जितेको छ । फाइनलमा श्रीलंकामाथि २ रनको रोमाञ्चक जित निकाल्दै बंगलादेशले स्वर्ण जित्यो ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा पहिलो ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । बंगलादेशका ४ जना खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा निगार सुल्तानाले सर्वाधिक २९ रन बनाइन् ।

जवाफमा श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रनमात्र बनायो । श्रीलंकाका लागि कप्तान हर्षिता माधवीले ३२ तथा लिहिनी अप्सराले २५ रन बनाइन् ।

अन्तिम ओभरमा श्रीलंकाले सात रन बनाउन नसक्दा हार ब्यहोरेको हो । उसले २ विकेट गुमाउँदा ४ रन मात्र जोड्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us