पुरुष क्रिकेटमा नेपाल बंगालादेशसँग पराजित

काठमाण्डु टुडे २०७६ मंसिर २१ गते १३:१५ मा प्रकाशित

काठमाण्डु,२१मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

बंगलादेशले नेपाललाई दिएको १५६ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन। बंगलादेशले पूरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। जवाफी व्याटिङ गरेको नेपाल ४४ रनले पराजित भएको हो।

नेपालले ९ विकेटको क्षतिमा जम्मा १ सय ११ रन मात्रै बनाउन सक्यो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us