उर्वशीलाई एक घण्टाको तीन करोड पारिश्रमिक

काठमाण्डु टुडे २०७६ मंसिर १९ गते १५:३९ मा प्रकाशित

एजेन्सी– बलिउड नायिका उर्वशी रौतेले एक घण्टाको पर्फमेन्सका लागि तीन करोड भारतीय रुपैंया पारिश्रमिक लिएकी छिन् ।

स्पटब्वाईले उल्लेख गरे अनुसार एक घण्टा पर्फमका लागि यो रकम निकै धेरै हो । उक्त पत्रिकाले यो रकम अहिलेसम्मकै धेरै भएको दावी गरेको छ ।

उर्वसीले बीमार दिल, बिजलीकी तार, हसिनोको का दीवानालगायतका फिल्ममा डान्स गर्ने भएकी छिन् । मिस टीन इण्डिया र मिस दीवा जस्ता उपाधी जितेकी २५ वर्षिय यी नायिकाले हिन्दी चलचित्र ‘सिंह साहब दि ग्रेट’वाट डेब्यु गरेकी थिइन् ।

यसपछि उनले सनम रे, ग्रेट ग्रेण्ड मस्ती, हेट स्टोरी ४लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us