नेपालको स्वर्ण ३१ पुग्यो

काठमाण्डु टुडे २०७६ मंसिर १९ गते १३:४३ मा प्रकाशित

 काठमाण्डु,१९मंसिर–१३ औं सागको क्रश कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन् ।

यस स्पर्धामा नेपालकै उषा खनालले रजत प्राप्त गरेकी छिन् । यस्तै भारतकी प्रनिता प्रफुलले कास्य पदक जितेकी छिन् ।
४ किमीको ४ ल्याप पुरा गर्नुपर्ने यस स्पर्धा मगरले १ घण्टा २० मिनेट २० सेकेण्डमा पुरा गरेकी थिइन् । यससँगै नेपालले जारी सागमा ३१ स्वर्ण जितेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us