सेलेब्रिटी बिरालो लिल बबको मृत्यु

काठमाण्डु टुडे २०७६ मंसिर १८ गते १५:३९ मा प्रकाशित

एजेन्सी– इंस्टाग्राममा सेलेब्रिटी बनिसकेको अमेरिकाको ८ वर्षीया बिरालो लिल बबको मृत्यु भएको छ ।

इंस्टाग्राममा उक्त बिरालोको २४ लाखभन्दा बढी फलोअर्स थिए । माइक ब्रिडावस्कीले सोमवार आफ्नो बिरालोको मृत्यु भएको जानकारी दिए ।

ब्रिडावस्कीले लिल बबलाई करीब दुई महिनाको उमेरमा भेट्टाएका थिए । लिल बबमाथि लिल बब एन्ड फ्रेन्ड्जु नामक डकुमेन्ट्रीसमेत बनिसकेको छ । सामाजिक सञ्जालमा सबैभन्दा पहिलो फोटो दुई महिनाको उमेरमा सार्वजनिक भएको थियो ।
लिल बब यति चर्चित थियो कि उसको मालिक माइक ब्रिडावस्कीले उसको फोटोवाला टी–शर्ट, क्यालेन्डरहरू बेच्न शुरू गरेका थिए । ती सामग्री बेचेर आएको पैसा एनिमल रेस्क्यू ग्रुपलाई दिने गरेको ब्रिडावस्कीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us