सागमा कराँतेकी चञ्चलाले दिलाइन् नेपाललाई पहिलो रजत

काठमाण्डु टुडे २०७६ मंसिर १६ गते ११:३१ मा प्रकाशित

काठमाण्डु ,१६ मंसिर – १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत  कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले नेपाललाई पहिलो रजत दिलाएकी छिन् उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन् ।
तर पाकिस्तानकी साहिदासँग पराजित भइन् । उनले २४.६२ अंक पाउँदा पाकिस्तानकी साहिदाले २५.२८ अंक हात पार्न सफल भइन् ।
पाकिस्तानले स्वर्ण पदक जित्दा श्रीलंकाले कास्य पदक जितेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us