सागमा नेपालको पहिलो स्वर्ण

काठमाण्डु टुडे २०७६ मंसिर १६ गते ११:२३ मा प्रकाशित

काठमाण्डु , १६ मंसिर- कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले यो पहिलो स्वर्ण जितेको हो । मण्डेकाजीले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् ।
मण्डेकाजीले २५.७२ अंक पाउँदा पाकिस्तानी खेलाडी २४.९२ अंक पाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us