यसकारण ट्रोल भए अभिनेता अक्षय कुमार

काठमाण्डु टुडे २०७६ मंसिर १५ गते १४:३३ मा प्रकाशित

एजेन्सी – बलिउडका सदाबहार अभिनेता हुन् अक्षय कुमार ।
धेरैजसो आफ्नो नयाँ फिल्मका कारण चर्चामा आइरहने अक्षय पछिल्लो समय एक अनौठो कारणबाट चर्चामा छन् । फिल्म गुड न्यूज र हाउसफुल ४ मा अभिनेता अक्षयले एउटै लुगा लगाएको भन्दै धेरै प्रयोगकर्ताले ट्रोल गरेका छन् ।
अभिनेता अक्षयले दुबै फिल्ममा एउटै कपडा लगाएको भन्दै सामाजिक सञ्जालमा धेरै अनौठो कमेन्ट गरेका छन् । धेरै प्रयोगकर्ताले फिल्म हाउसफूल ४ र गुड न्यूजबाट अक्षयका तस्बिर सेयर गरेका छन् ।

तस्बिरमा उनी दुबै फिल्ममा एउटै ड्रेसमा र एउटै हेयरस्टाइलमा देखिएका छन् । उनको फिल्म गुड न्यूज अब छिट्टै नै रिलिज हुने तयारीमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us