टेस्ट क्रिकेटमा वार्नरको पहिलो तेहेरो शतक

काठमाण्डु टुडे २०७६ मंसिर १४ गते १५:५३ मा प्रकाशित

काठमाण्डु,१४मंसिर–अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले टेस्ट क्रिकेटमा पहिलो तेहेरो शतक बनाएका छन् ।

योसँगै उनी टेस्ट क्रिकेटमा तेहेरो शतक बनाउने सातौं अस्ट्रेलियाका खेलाडी बनेका छन् । उनले पाकिस्तानविरुद्ध अविजित ३३५ रन बनाए ।

वार्नरले पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा पहिलो पटक ३ सय रन पूरा गरेका हुन् । निकै राम्रो फर्ममा रहेका वार्नरले ३३९ बलमा तेहेरो शतक बनाए ।

वार्नर पछिल्लो तीन वर्षमा तेहेरो शतक बनाउने पहिलो खेलाडी हुन् । त्यस्तै उनी एडिलेड ओभल मैदानमा तेहेरा शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

यसअघि शनिबारको खेलमा स्टिभ स्मिथले कम खेलमा सात हजार रन पूरा गर्ने कीर्तिमान बनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us