रानी बन्न राजा चाहिँदैनः प्रियंका

काठमाण्डु टुडे २०७६ मंसिर १४ गते १५:१५ मा प्रकाशित

एजेन्सी– बलिउडकी अदागरा प्रियंका चोपडाले पछिल्लो समय निकै चाखलाग्दा अभिव्यक्ति दिन थालेकी छिन् । फिल्ममा मात्र होइन, सामाजिक सन्जालमा पनि निकै सक्रिय प्रियंकाको नयाँ भिडियो अहिले सामाजिक सन्जालमा निकै छाएको छ ।

त्यो भिडियोमा उनले महिलालाई विशेष सन्देश दिएकी छिन् । भिडियोमा प्रियंकाले कुनै पनि युवतीलाई रानी बन्नका लागि राजा नै आवश्यक नपर्ने बताएकी छिन् । उनले भनेकी छिन्, ‘भनिन्छ, एउटा युवतीलाई सम्झनका लागि निकै मुश्किल हुन्छ ।

यो साँचो हो किनकि मानिसहरु हामीलाई जति सम्झिन्छन्, हामी त्यसभन्दा अगाडि बढिसकेका हुन्छौँ । हामीलाई रानी बन्नका लागि कुनै राजाको आवश्यकता चाहिँदैन । हामी त आफ्नो बाटो आफैं बनाउँदै हिँड्छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us