
काठमाण्डु,१४मंसिर–बलिउड अभिनेत्री करीना कपूरले अभिनेता सैफ अली खानसँग विवाह गरिन् ।
सैफकी दोस्री श्रीमतीको रुपमा विवाह गर्नु अविवाहित अभिनेत्री करीनालाई पक्कै पनि अफ्ट्यारो परेको हुनसक्छ । उनीहरुको विवाह त भयो तर धेरैलाई आश्चर्यमा पार्यो पनि ।
चर्चामा रहेको उनीहरुको विवाहको बारेमा भर्खरै एक कार्यक्रमकाबीच बताएका छिन् । उनले सैफले दुई पटक प्रपोज गर्दा पनि अस्विकार गरेको बताएकी छिन् ।
सैफले उनलाई ग्रिसमा पहिलोपटक विवाहको लागि प्रपोज गरेका थिए तर उनले अस्विकार गरिदिइन् । करीनालाई सैफले विवाह गरौँ भनेर दुई पटक आग्रह गर्दा पनि करीनाले विवाह नगर्ने अडान लिएकी थिइन् । तर उनले सैफलाई बुझ्न केही समय मागेकी थिइन् ।
तर, उनी अहिले सैफसँग विवाह गर्नु करियरकै सबैभन्दा ठूलो फैसला भएको बताउँछिन् । उनीहरु सन् २००८ मा फिल्म ‘टशन’ बाट नजिकिएका थिए ।