१३ औं साग : पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरियो

काठमाण्डु टुडे २०७६ मंसिर १३ गते १९:२५ मा प्रकाशित

काठमाण्डु,१३मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलबिलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ।

समूह ए को खेलमा लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कबर्ड हलमा भएको खेलमा दोस्रो खेलमा नेपाललाई भारतले ३-० को सोझो सेटमा पराजित गर्यो।

पहिलो सेट १५-२५ ले गुमाएको नेपालले दोस्रो सेटमा पनि राम्रो खेल्न सकेन। दोस्रो सेटमा नेपाल २५-१३ ले पराजित भयो।
तेस्रो सेटमा नेपाल २५-१६ ले पराजित भएसँगै समूह चरणबाटै बाहिरियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us