१३ औं सागको उद्घाटनकोे मार्चपासमा नेपालको झण्डा बोक्ने तयारीमा पूर्वकप्तान पारस

काठमाण्डु टुडे २०७६ मंसिर १३ गते १३:१६ मा प्रकाशित

काठमाण्डु , १३ मंसिर -नेपालमा हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनको दिन मार्चपासमा नेपालको झण्डा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई बोक्न दिने भएको छ ।
१३ औं सागको उद्घाटनको दिन हुने मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्ने सम्भावना रहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।
नेपालको तर्फबाट डेपुटी सेफ द मिसन रहेका रिम रानाभाटले मार्चपासमा पारसले झण्डा बोक्ने सम्भावना भएको र यो प्रस्ताव राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवबाट अप्रुभ हुन बाँकी रहेको बताए ।
पारसले १३ औं सागमा पुरुष क्रिकेट खेल्दैछन् । सागमा क्रिकेट ८ वर्षपछि फर्किएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us