
एजेन्सी– बलिउड अभिनेत्री आलिया भट्टको विवाहको बारेमा बोलेर अभिनेत्री दीपिका पादुकोण विवादमा आएकी छन् ।
आलियासँगै एउटा अन्तर्वार्ता दिने क्रममा अभिनेत्री दीपिकाले रणवीरसँगै लामो समयदेखि आलिया रिलेसनसिपमा भएकाले उनको चाँडै विवाह हुने बताइन् । दीपिकाले यसो भन्दा अभिनेत्री आलियाले आँखा तरिन् । त्यसैले, दीपिकाले आफ्नो भनाइलाई सच्याइन् ।
विवाहको कुरा त आफूले त्यत्तिकै भनिदिएको भन्ने जवाफ दीपिकाले तत्कालै दिइन् । दीपिकाले यसरी आफ्नो भनाइ सच्याउँदा बल्ल अभिनेत्री आलियाको मुहारमा हाँसो देखियो ।
दीपिका पादुकोण र रणवीर कपुर केही समय प्रेममा थिए । रणवीर कपुरसँग प्रेम सम्बन्ध टुटेपछि अभिनेत्री दीपिका अर्का अभिनेता रणवीर सिंहसँग नजिक भइन् । अन्ततः रणवीर सिंह र दीपिकाले गत वर्ष विवाह गरेका हुन् ।
यसरी आफ्नो पूर्वप्रेमी रणवीर कपुरसँग आलियाको रिलेसनसिप रहेको दाबी गर्दै विवाह हुने कुरासमेत अन्तर्वार्ताका क्रममा दीपिकाले बताइन् । त्यही कुरालाई पछि उनले फिर्ता लिनुप¥यो । दीपिकाले विवाहको कुरा जानीजानी गरेको आरोप यतिबेला लागेको छ ।
विवादकै कारण यो अन्तर्वार्ताले अहिले निकै चर्चा पाएको छ ।
रणवीर र आलियाको विवाह हुने कुरा पटकपटक आए पनि भट्ट परिवार अझै विवाहका लागि सहमत नहुँदा यी दुईको विवाह हुन नसकेको हो ।