सुनील शेट्टी भन्छन् : गीत सुनेर रुने गर्छु

काठमाण्डु टुडे २०७६ मंसिर १० गते १३:४८ मा प्रकाशित

एजेन्सी–सुनील शेट्टी चलचित्र उद्योगमा विगत २७ वर्षदेखि निरन्तर छन् ।
उनलाई अहिलेसम्ममा सबैभन्दा बढी याद रहने आफ्नो भूमिका भने १९९७ मा रिलिज भएको चलचित्रको छ ।

१९९७ मा प्रदर्शनमा आएको चलचित्र बोर्डरमा निभाएको भूमिका सबैभन्दा बढी याद आउने गरेको उनी बताउँछन् ।

सो चलचित्रमा उनले भैरो सिंहको नाममा भूमिका निभाएका थिए । जसलाई चलचित्र जगतले निकै रुचाएको थियो भने दर्शकले पनि ।

उनी भन्छन्, मेरो पुरै फिल्मी करिअरको सबैभन्दा यादगार पल चलचित्र बोर्डरको शूटिङको हो । म त्यसमा निकै समय रोएको थिएँ ।

‘सन्देश आते हैं।।।’ गीतमा बीकानेरमा शूटिङ भएको थियो, त्यहाँ धेरै ध्यान दिनुपर्दथ्यो, उनी भन्छन्, मेन डाइरेक्टर जेपी सरले फिल्म ब्लोकबास्टर हुने बताएका थिए । आज पनि यो गीत सुनेपछि म रुन्छु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us