साग क्रिकेटमा नेपाली महिला टिमको पहिलो प्रतिस्पर्धा माल्दिभ्ससँग

काठमाण्डु टुडे २०७६ मंसिर ८ गते १८:५२ मा प्रकाशित

काठमाण्डु,८मंसिर–१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको महिला क्रिकेटतर्फ नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ।

नेपालले पोखरा मैदानमा मंसिर १६ गते माल्दिभ्ससँग खेल्नेछ। महिला क्रिकेटमा अयोजक नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेश रहेको छ।

राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल १८ गते बंगलादेश र २० गते श्रीलंकासँग खेल्नेछ। अंक तालिकाको शीर्ष २ मा पर्ने टिम फाइनलमा स्वर्ण पदकको लागि खेल्नेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us