
काठमाण्डु,६मंसिर–गत वर्ष प्रर्दशनमा आएको चलचित्र ‘ए मेरा हजुर ३’को चौथो सिरिजको लागी नायक अनमोल केसी फाइनल भएका छन् ।
उनलाई निर्माण टिमले कागजी सम्झौता गदै चलचित्रमा अनुबन्धित गरेको हो । अब ‘ए मेरो हजुर ४’मा अनमोल र सुहानाको जोडीलाई फेरी देख्न पाइने भएको छ ।
यसअघि अनमोलले बाहिरी ब्यानरको चलचित्र ‘धुपौरे’ साइन गरेसँगै ‘ए मेरो हजुर ४’ केही समयको लागी पछि सरेको थियो । तर अहिले छायाकंनमा जानुअघि चलचित्र छाडेसँगै अनामोल ‘ए मेरो हजुर ४’ मा काम गर्न राजी भएका हुन् ।
सुनिलकुमार थापाको निर्माणमा बन्न लागेको चलचित्रलाई झरना थापाले निर्देशन गदैछिन् । निर्देशक थापाका अनुसार ‘ए मेरो हजुर ४’ तेस्रो सिरिजको भन्दा फरक प्रेमकथामा बन्नेछ । यो फिल्मको छायाकंन माघ १६ गतेबाट शुरु हुदैछ ।