
एजेन्सी– विवाहको २१ वर्षपछि बलिउड अभिनेता अर्जुन रामपाल र उनकी श्रमती मेहर जेसिया औपचारिक रुपमा अलग भएका छन्। आपसी सहमतिमा उनीहरुले डिभोर्स गरेका हुन्।
उनीहरुले २०१९ को अप्रिल ३० मा सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएका थिए। त्यसको ६ महिनापछि त्यसको टुंगो लागेको हो।
नीहरुका दुई छोरी छन्। छोरीहरु आमा मेहरसँग बस्नेछन्।
अर्जुन र मेहरबीच सन् २०११ मा असमझदारी बढेको खबरहरु सार्वजनिक भएका थिए। यद्यपि त्यसको सात वर्षपछि सन् २०१८ मा उनीहरुले छुट्टिने घोषणा गरेका थिए।
उक्त घोषणापश्चात अर्जुन भाडाको घरमा छुट्टै बस्ने थालेका थिए।
अर्जुन र मेहर सन् १९९८ मा विवाह बन्धनमा बाँधिएका थिए। त्यसको २० वर्षपछि सन् २०१८ मे २८ मा उनीहरुले अलग हुने निर्णय लिएका थिए।
अर्जुन रामपाल यतिबेला ग्याब्रियला नामकी युवतीको प्रेममा रहेको बताइएको छ। श्रीमतीसँगको सम्बन्धविच्छेदपछि अर्जुनले प्रेमिकासँग विवाह गर्ने अनुमान छ।