यस्तो छ विपिनको ‘सेल्फी किङ’ अवतार

काठमाण्डु टुडे २०७६ मंसिर ३ गते १७:३३ मा प्रकाशित

काठमाण्डु,३मंसिर– अभिनेता विपिन कार्की नयाँ लुक्समा देखिएका छन् । फिल्म ‘सेल्फी किङ’को फष्टलुमा उनी अहिलेसम्मकै नयाँ अवतारमा देखिएका हुन् ।

फष्टलुकमा विपिनले आँखामा गाजल र ओठमा रातो रंगको लिपिस्टिक समेत लगाएका छन् ।
फष्टलुकले फिल्म भित्रको विपिनको चरित्र झल्काएको निर्माता सुवास थापाले बताए ।

फिल्ममा विपिनले एक हाँस्यकलाकारको भुमिका निर्वाह गरेका छन् ।
‘सेल्फी किङ’मा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराईलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

फिल्मको एक आइटम गीतमा अभिनेत्री केकी अधिकारीले नृत्य गरेकी छन् । फिल्ममा विपिन र लक्ष्मीले श्रीमान् श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us