११७ सैनिक कारबाहीमा

काठमाण्डु टुडे २०७६ असोज १ गते ११:४२ मा प्रकाशित

काठमाण्डु,१असोज–नेपाली सेनामा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका कडाइका साथ लागू गरिएको छ ।
यो एक वर्ष अवधिमा सैनिक जवानदेखि उच्च अधिकृत तहसम्म एक हजार ११७ जना कारबाहीमा परेका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक आचरणविपरीतका काम कारबाहीमा संलग्न रहेको अभियोगमा विभिन्न कसुरमा संलग्नमध्ये २१६ जना सैनिकलाई कैद सजाय र १७५ जनाको बढुवा रोक्का गरिएको छ । ४९ जनालाई एक तह घटुवा, १०१ जनाको तलब वृद्धि रोक्का, २०७ जनालाई राजस्व जरिवाना, छ जनाको सेवा अवधि गणना नहुने, ४७ जनालाई नसिहत, ३०४ जना बर्खास्त र २३६ जनालाई सचेत गराइएको छ ।
करिब ९५ हजार जनशक्ति रहेको सेनाभित्र एक वर्षमा यतिको कारबाही सङ्ख्या विगतको भन्दा धेरै हो । दण्ड, जरिवाना र पुरस्कारले सैनिकहरूमा सकारात्मक प्रभाव पारेको भनाइ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेको छ । जाँडरक्सी खाई होहल्ला, झैझगडा गर्ने, लागूपदार्थ सेवन तथा बेचबिखन, जबरजस्तीकरणी,
यौन दुराचार, साइबर अपराध, सवारी ज्यान मुद्दा र दुर्लभ वन्यजन्तुको ओखटेपहार बेचबिखनमा संलग्न सैनिक कर्मचारीलाई कारबाही गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us