लगातार सुनको मुल्यमा गिरावट

काठमाण्डु टुडे २०७६ भदौ २९ गते ११:५४ मा प्रकाशित

काठमाण्डु , २९ भदौ —लगातार बढेको सुनको मुल्यमा आरालो लाग्ने क्रम जारी रहेको छ ।

साताको पहिलो दिन आज सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला ७० हजार ६ सयमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ४०० सयले घटेको छ ।

आज प्रतितोला ७० हजार २ सयमा कारोवार भइरहेको सुनचाँदी व्यवसाही महासंघले बताएको छ । त्यस्तै तेजावी सुन ६९ हजार ९ सयमा कारोवार भइरहेको छ ।

त्यस्तै शुक्रबार प्रतितोला ८ सय ७० रुपैंयामा कारोवार भएको चाँदीको मुल्यमा सामान्य गिरावाट आएर प्रतितोला ८ सय ४० रुपैंयामा कारोवार भएको महासघंले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us