
कञ्चनपुर,२७भदौ –
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहेका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा राति करीब १ बजेको समयमा आगजनी गरिएको प्रवक्ता सिंहले बताए ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाको गहनरूपमा अनुसन्धान भइरहेको जानकारी दिए । ‘मध्यरातमा आएर आगो लगाएर फरार रहेको देखिन्छ’, प्रहरी निरीक्षक साउदले भने, ‘आगजनी गर्ने समूहको व्यापक खोजी हुँदैछ ।’