चिनियाँ र भारतीय सेनाबीच झण्डै गोली हानाहान

काठमाण्डु टुडे २०७६ भदौ २७ गते ८:४३ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दोस्रो औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला दुई देशका सेनाबीच सामान्य झडप भएको छ ।

भारत र चीन सीमाक्षेत्र लद्दाखमा गस्तीमा रहेका सैनिकबीच झडप भएको हो । भारतको लद्दाख छेउको पागंग तालनजिक दुई देशका सेनाबीच झडप भएको बुधबार दिनभर चलेको भारतीय सञ्चार माध्यमले जानएका छन् ।

१३४ किलोमिटर लामो उक्त तालको उत्तरी किनार नजिक चीन र भारतबीचको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलएसी) क्षेत्रमा झडप भएको बताइएको छ । तालको दुई तिहाई हिस्सा चीनको नियन्त्रणमा रहेको छ । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us