
काठमाण्डु,२६भदौ–आज पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक ५.३३ अंकले घटेर ११५७.८८ बिन्दूमा झरेको छ । कुल १६८ कम्पनीको १५ लाखभन्दा बढी कित्ता शेयर ३७ करोड ६१ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले जनाएको छ । समग्र परिसूचकमा गिरावट आए पनि कालिका पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५प्रतिशतले बढेको छ ।