डेङ्गु प्रकोपबारे सभामुखद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डु टुडे २०७६ भदौ २६ गते १७:२० मा प्रकाशित


काठमाण्डु,२६भदौ–प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले हालै मुलुकभर प्रकोपका रुपमा देखिएको डेङ्गुका विषयमा सरकारको ध्यानाकर्षण गराउदैँ यस विषयमा यथासक्य छिटो सदनलाई जानकारी गराउन निर्देशन दिएका छन् ।
प्रतिनिधसभामा केही दिन अगाडिदेखि तथा आजको शून्य समयमासमेत सांसदहरुले डेङ्गु प्रकोपको बारेमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख महराले सरकारको नाममा विशेष रुलिङ गरेका हुन् ।
सभामुख महराले भने, ‘केही दिनयता भएका संसद्को बैठकमा नियमितजसो डेङ्गुबारे माननीयहरुले कुरा उठाउँदै आउनुभएको छ, उक्त रोगको प्रकोपको अवस्था र नियन्त्रणका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउदछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us