२० र ५० का नयाँ नोट बजारमा

काठमाण्डु टुडे २०७६ भदौ २६ गते १५:२६ मा प्रकाशित

काठमाण्डु , भदौ – नेपाल राष्ट्र बैंकले बिहीबारदेखि २० र ५० रुपैयाँ दरका नयाँ नोट बजारमा पठाएको छ ।

राष्ट्र बैंकले २० रुपैयाँको नोटको अग्रभागमा विक्रम संवत २०७२ र एडी २०१६ लेखिएको छ । २० रुपैयाँ दरको नोटमा सङ्केत नम्बर ञर४१०००००१ देखि ञर४१९९९९९९ हुने छ ।

यस्तै ५० रुपैयाँ दरको नोटको अग्रभागमा पनि विक्रम संवत २०७२ र इस्वी संवत अर्थात एडी २०१५ हुनेछ ।
यस्तै ५० रुपैयाँ दरका नोटमा संकेत नम्बर जर८६०००००१ देखि जर८८९९९९९९ सम्म हुनेछ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २० र ५० रुपैयाँ दरका नयाँ नोट ल्याएपछि बजारमा साना दरका नोटको अभावको अन्त्य हुने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us