निम्न आय भएकालाई एलपी ग्यासमा सहुलियत

काठमाण्डु टुडे २०७६ भदौ २५ गते १६:५७ मा प्रकाशित

काठमाण्डु , २५ भदौ —सरकारले आर्थिक रुपमा निम्न आय भएकालाई एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ ।
बुधबार नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आर्थिक स्थिती कमजोर भएका उपभोक्तालाई सरकारले सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराउन लागेको बताएका हुन् ।

उनले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us