आज पनि नेप्सेमा गिरावट!

काठमाण्डु टुडे २०७६ भदौ २५ गते १५:२४ मा प्रकाशित

काठमाण्डु,२५भदौ– बुधबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३.४६ अंकले घटेर ११६३.२१ बिन्दूमा झरेको छ । कुल १७१ कम्पनीको १५ लाखभन्दा बढी कित्ता शेयर ३४ करोड १७ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले जनाएको छ । समग्र परिसूचकमा गिरावट आए पनि घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us