फक्साई आँधीको कारण जापानको जनजीवन प्रभावित, ३ लाख ९० हजार मानिसलाई सुरक्षित रहन सरकारको अपिल

काठमाण्डु टुडे २०७६ भदौ २३ गते १३:४७ मा प्रकाशित

एजेन्सी, जापान — फक्साई नामको आँधीको कारण जापानको जनजीवन प्रभावित भएको छ । प्रतिघण्टा २५ किलोमिटरको दरको आएको आँधीको चपेटामा राजधानी टोकियो सहित कानागावा, सिङजुका शहर परेका छन् ।

आँधीले जापानको उत्तरपूर्वी भागमा बढी असर गर्ने अनुमान गरिएको छ । आँधीले केही घरमा क्षति पुर्या एको छ । ति शहरका ३ लाख ९० हजार मानिसलाई सुरक्षित रहन सरकारले अपिल गरेको छ ।आँधीका कारण रेलसेवा अबरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । एक सयभन्दा बढी हवाई उडानहरु पनि रद्द भएका छन् । सरकारी कार्यालयको काम पनि प्रभावित भएको छ । आँधीकै कारण विद्युत आपूर्ति पनि बन्द भएपछि २ लाख ९० हजार मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् ।

आँधी अझै केही दिन रहने भएकाले सचेत रहन मौसमिवदले अपिल गरेकाे छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us