सर्पले डस्दा महिलाको मृत्यु

काठमाण्डु टुडे २०७६ भदौ २३ गते १२:४५ मा प्रकाशित

राजविराज,२३भदौ– सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा सोमबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् ।
घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us