काठमाण्डु ,३० साउन—सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । उत्पादन मूल्य र लागत मूल्य बढेको भन्दै दूधको मूल्य बढाउने तयारी गरेको हो । कृषि तथा पशुपन्छी विकास चक्रपाणि खनालले किसान र व्यवसायीको मागअनुसार नै दूधको मूल्य बढाउने तयारी गरेको बताए ।
‘व्यवसायीको माग दूध प्रतिलिटर ६ देखि १० रुपैयाँ बढाउने माग छ तर कति बढाउने टुंगो लागेको छैन । किसानको हितमा हुने गरी मूल्य बढाउने हो,’ मन्त्री खनालले भने ।राष्ट्रिय दुग्ध विकास बोर्डका समितिका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले अन्य क्षेत्रको मूल्य वृद्धिले उत्पादन लागत बढेकाले दुधको मूल्य बढाउने तयारी गरेको बताए । उनले किसान केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसन लगायतको सहमतिमै दूधको मूल्य बढाउन तयारी गरेको बताए ।
निर्देशक पन्तले दूधको मूल्य कति बढाउने र कहिलेदेखि बढाउने कुनै टुंगो नलागेको बताए । उनले बुधबार आप्mनै संयोजकत्वमा दूधको मूल्य सिफारिस गर्न समिति गठनसमेत भएको बताए ।उनले आठ सदस्य समिति गठन गरेको बताए । जसमा राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध सहकारी संघ कृषि तथा पुशपन्छी विकास मन्त्रालय, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसन लगायत संस्थाको प्रतिनिधिको सहभागितमा समिति गठन गरेको थियो । कार्यकारी निर्देशक पन्तले गठित समितिले दूधको मूल्य निर्धारका लागि नौ वटा बुँदा तयार भएको बताए ।
दूधको मूल्य निर्धाणका आधार विश्लेषण गर्ने, क्षेत्रगत रूपमा दूधको उत्पादन लागत ९भौगोलिक क्षेत्र, कृषक व्यवसायको स्तर आदि०, व्यवस्थापकीय खर्च, दूध उत्पादनमा मौसमी प्रभाव विश्लेषण, दूधको गुणस्तर, आन्तरिक तथा बाह्य बजारसँग प्रतिस्पर्धा, मुद्रास्फीति दर र विगत दुई वर्षको बजार मूल्य वृद्धि, विगतका ५ वर्षमा दूधको मूल्यको व्यापार र दूधको मूल्य समायोजनले उपभोक्तमा पर्ने असरलाई विश्लेषण गर्ने निर्णय गरेको उनले बताए । पन्तले सो कार्यका लागि आगामी आइबातर फेरि छलफल हुने बताए ।
पन्तले बढेको मूल्यमा किसानले ६९ प्रतिशत पाउने बताए । बाँकी मूल्य उद्योग र विक्रेताले पाउने बताए । उनका अनुसार हाल बजारमा १ लाख ५० हजार लिटर माग कम छ । असार र साउनमा दूध उत्पादन कम हुने भएकाले मागअनुसार अपुग भएको हो । सिजनमा दूध उत्पादन २२ लाख १२ हजार ५ सय लिटर उत्पादन हुन्छ । पन्तले बजारमा १० लाख देखि ११ लाख लिटर दूध माग रहेको बताए ।
दुग्ध सहकारीका अध्यक्ष नारायण देवकोटाले साढे दुई वर्षदेखि मूल्य नबढेकाले किसानलाई मर्का परेको बताए । ‘किसानलाई आत्मनिर्भर बनाउने भनिए पनि सबै क्षेत्रमा मूल्य बढ्दा पनि दूधको मूल्य यथावतै छ,’ उनले भने, ‘अहिले धेरै ठूलो अपेक्षा छैन । प्रतिलिटर कम्तीमा १० रुपैयाँ बढ्नुपर्छ ।’
सहकारीले फ्याटका आधारमा किसानलाई मूल्य दिएको बताए । ‘सहकारी सञ्चालनका लागि सरकारले प्रतिलिटर २ रुपैयाँ दिन्छ । त्योबाहेक मुनाफा छैन,’ उनले भने, ‘सरकारले तोकेको मूल्य फ्याटका आधारमा किसानले पाउँछन् ।’ सहकारीका नाममा केही ठेकेदारले पनि दूध संकलन गर्दै आएको उनले बताए । उनले नियमित साधारण सभा नगर्ने र विधि प्रक्रिया नपु¥याउनेलाई कारबाही गर्नुपर्ने बताए ।
संघका अध्यक्ष देवंकोटाले केही ठेकेदारले बिगारेको दाबी गरे पनि डेरी उद्योगीहरू भने संघले पनि केही बदमासी गरेको बताउँछन् । ‘संघले डीडीसीलाई प्रतिलिटर २ र ३ रुपैयाँ सस्तोमा बिक्री गर्छ । निजी डेरीलाई महँगोमा बिक्री गर्दै आएको छ,’ एक डेरी उद्योगीले भने ।
डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले पनि मूल्य बढाउन आवश्यक भएको बताए । ‘साढे २ वर्षको दौरानमा बजार मूल्य करिब ५० प्रतिशत बढेको छ । त्यसको असर दूध, घरभाडा र कर्मचारीको तलबमा परेको छ,’ उनले भने, ‘दूधको मूल्य नबढ्दा धेरै समस्या छ त्यसैले मूल्य बढ्नुपर्छ ।’ उनका अनुसार किसानले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एफएनएफका आधारमा खरिद हुन्छ ।