सुनको मुल्यले तोड्यो नेपाली इतिहास : फेरी बढ्यो सुनको मुल्य

काठमाण्डु टुडे २०७६ साउन २८ गते १२:३२ मा प्रकाशित

काठमाण्डु ,२८ साउन— आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ एक हजारले फेरि बढेको छ । गत साता ६६ हजार ३ सय रुपैयाँबाट लगातार बढेर ७० हजार पुगेको छापावाल सुनको भाउ आज प्रतितोला ७१ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसाही महासंघले बताएको छ ।
त्यस्तैगरी आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ । आज तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो साता सुनजसरी नै लगातार बढेर ८२५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ पनि आज १० रुपैयाँ बढरेर ८३५ रुपैयाँमा कारोबार भईरहेको छ। सुनचाँदीमा भएको यो मुल्य वृद्धि इतिहासकै उच्च रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us