काठमाण्डु,२७साउन–साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा झिनो अंकको सुधार भयो । कारोबार खुलेदेखि उतारचढाव भइरहेको परिसूचक अन्तत शून्य दशमलव १३ अंकले वृद्धि हुँदै कारोबार बन्द भएको छ ।
यस दिन ३१ करोड ४२ लाख २८ हजार ९२१ रुपैयाँमा १८ लाख २१ हजार ८२२ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार कुल १७१ कम्पनीको शेयर ११ हजार ६० पटक खरिद बिक्री भएको छ ।
कारोबारका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी अगाडि रहेको छ । सो कम्पनीको २ करोड ५९ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
त्यस्तै सोमबार सबैभन्दा बढी कमाउने कम्पनीमा नाडेप लघुवित्त कम्पनीका लगानीकर्ता रहेका छन् । सो कम्पनीकने शेयर मूल्य ९ दशमलव ८९ प्रतिशतले बढेको छ । साथै विशाल बजार कम्पनीको शेयर मूल्य ५ दशमलव २८ प्रतिशतले घटेको छ ।
यस दिन कारोबारमा आएका उपसमूहमध्ये बैंकिङ, व्यापार, जलविद्युत् निर्जीवन बीमा र अन्य उपसमूहबाहेक सबै उपसमूहमा वृद्धि भएको छ ।